2 Kings 18:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञापालन गरेनन् तर उहाँले तिनीहरूसित बाँध्‍नुभएको करार तोडे र परमप्रभुका सेवक मोशाले दिएका सबै नियमहरू भङ्ग गरे। त्‍यसैकारण सामरियाको हार भयो। तिनीहरूले ती कुराहरू सुनेनन् र पालन पनि गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो यही कारण भएको थियो, कि तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गरेका थिएनन्, तर उहाँको करार, अर्थात्‌ परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका सबै आज्ञालाई तिनीहरूले उल्‍लङ्घन गरेका थिए। तिनीहरूले न त आज्ञाहरूमा ध्‍यानै दिए, न ती पालन गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले याहवेह आफ्ना परमेश्‍वरको आज्ञा मानेनन्। तर उहाँको करार अर्थात् याहवेहको सेवक मोशाले दिएका सबै आज्ञाहरू भङ्ग गरेकाले, यो हुन आएको थियो। तिनीहरूले न त आज्ञाहरूमा ध्यान दिए, न त ती पालन नै गरे।
Nepali ERV (पवित्र बाइबल)
यस्तो घटना भयो किनभने इस्राएलीहरूले परमप्रभु आफ्नो परमेश्वरको अनुसरण गरेनन्। तिनीहरूले परमप्रभुको करारलाई मानेनन्। तिनीहरूले ती सबै कुराहरू माननेन् जो परमप्रभुका सेवक मोशाले आदेश दिएका थिए। इस्राएलका मानिसहरूले परमप्रभुको करार नसुने जस्तो गरे न त ती कामहरू गरे करारमा उनीहरूलाई गर्न भनिएको थियो।