2 Kings 18:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सनहेरीब लाकीशमा थिए, त्‍यहाँ तिनलाई हिजकियाले यस्‍तो खबर पठाए, “मैले भुल गरें। कृपा गरी हमला बन्‍द गर्नुहोस्। म तपाईंका सबै मागहरू पूरा गर्नेछु।” जवाफमा राजाले हिजकियालाई दश हजार किलोग्राम चाँदी र एक हजार किलोग्राम सुन मागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले यहूदाका राजा हिजकियाले लाकीशमा अश्‍शूरका राजाकहाँ यसो भनेर समाचार पठाए: “भूल मेरो भयो। मेरो देशबाट फर्किजानुहोस्, र मबाट जो तपाईं दाबी गरेर माग्‍नुहुन्‍छ, सो म तिर्नेछु।” अश्‍शूरका राजाले यहूदाका राजा हिजकियामाथि दश टन चाँदी र एक टन सुन दण्‍ड तोकिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यहूदाका राजा हिजकियाहले अश्शूरका राजालाई लाकीशमा यस्तो खबर पठाए: “मैले भूल गरेँ। आफ्नो सेना हटाउनुहोस्। तपाईंले जे माग्नुहुन्छ, त्यो म तपाईंलाई तिर्नेछु।” अश्शूरका राजाले यहूदाका राजा हिजकियालाई तीन सय टालेन्ट चाँदी र तीस टालेन्ट सुन दण्ड तोकिदिए।
Nepali ERV (पवित्र बाइबल)
तब यहूदाका राजा हिजकियाहले अश्शूरका राजालाई लाकीशमा एउटा सन्देश पठाए। हिजकियाहले भने, “मैले भूल गरेको छु। मलाई एक्लै छोडिदेऊ। तब तिमीले मागेको जे पनि तिर्न तयार हुनेछु।” तब अश्शूरका राजाले यहूदाका राजा हिजकियाहलाई 300 तोडा भन्दा बढी चाँदी तथा 30 तोडा भन्दा बढी सुन तिर्न्‌ भने।