2 Kings 18:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्‍शूरी राजाले लाकीशबाट एउटा ठूलो सेना यरूशलेममाथि हमला गर्न पठाए। तिनका तीन जना सबैभन्दा ठूला अधिकृतहरू त्‍यस सेनाका सेनापति थिए। यरूशलेम आइपुगेर तिनीहरू धोबीले काम गर्ने ठाउँको बाटोमा उभिए। त्‍यो बाटो माथिल्‍लो पोखरीबाट तलतिर पानी झर्ने कुलोको छेउमा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्‍शूरका राजाले आफ्‍ना सर्वोच्‍च सेनापति, आफ्‍ना मुख्‍य अधिकृत र आफ्‍ना रणभूमिका सेनापतिलाई एउटा ठूलो सेनाको साथमा लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ पठाए। उनीहरू उक्‍लेर यरूशलेममा आए, र धोबीको खेतमा जाने माथिल्‍लो पोखरीको कुलोनेरको बाटोमा अड़िए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अश्शूरका राजाले आफ्ना प्रधान सेनापति, आफ्ना प्रमुख अधिकृत र आफ्ना मैदानका सेनापतिलाई हिजकियाकहाँ यरूशलेममा पठाए। तिनीहरू यरूशलेमसम्म आएर धोबीको खेत जाने मूल बाटोमा भएको माथिल्‍लो पोखरीको कुलोमा अडिए।
Nepali ERV (पवित्र बाइबल)
अश्शूरका राजाले आफ्ना अत्यन्त महत्वपूर्ण तीनजना सेनापतिहरू विशाल सेनासँगै राजा हिजकियाहकहाँ यरूशलेम पठाए। ती मानिसहरू लाकीशबाट हिंडे अनि यरूशलेम पुगे। तिनीहरू माथिल्लो पोखरिको छेऊको कुलो नजिक उभिए। माथिल्लो पोखरी धोबीको खेत जाने बाटोमा थियो।