2 Kings 18:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्शूरी अधिकृतले कुरा अघि बढाए, “कि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरमा भर परेका छौ भनी मलाई भन्छौ? हिजकियाले यरूशलेमका वेदीमा मात्र पूजा गर्नू भनी यहूदा र यरूशलेमका मानिसहरूलाई भनेको बेलामा के तिनले परमप्रभुकै आराधना-स्थल र वेदीहरू नाश पारेका थिएनन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यदि तिमी “हामी त परमप्रभु हाम्रा परमेश्वरमाथि भरोसा गर्दैछौं” भनेर भन्छौ भने, के त्यो त्यही होइन, जसका अल्गा-अल्गा ठाउँहरू र वेदीहरूलाई हिजकियाले हटाएर यहूदा र यरूशलेमलाई यसो भनेका थिए, “तिमीहरूले यरूशलेममा भएको यस वेदीको सामुन्ने उपासना गर्नुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मलाई “हामी याहवेह हाम्रा परमेश्वरमाथि भरोसा राख्छौँ,” भन्नुहुन्छ भने के त्यो त्यही देवता होइन, जसका अल्गा देवस्थानहरू र वेदीहरू हिजकियाले हटाएर यहूदा र यरूशलेमलाई भनेका थिए, “तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ”?
Nepali ERV (पवित्र बाइबल)
हुन सक्छ तिमी भन्ने छौ, “हामी परमप्रभु हाम्रा परमेश्वरमाथि विश्वास गर्दछौ।” तर म जान्दछु हिजकियाहले अग्ला ठाउँहरू र वेदीहरू हटाए जहाँ मानिसहरू परमप्रभुको आराधना गर्दथे हटाए। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेममा वेदीको अघि मात्र आराधना गर्ने छौ।”