2 Kings 18:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू कसैले सबैभन्दा तल्‍लो दर्जाको अश्‍शूरी अधिकृतको दाँजो पुर्‍याउन सक्‍दैनौ। मिश्रीहरूले तिमीहरूलाई रथ र घोडचढी सेना पठाइदिन्‍छन् भनी आशा गरिबस्‍छौ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा मालिकका अधिकारीहरूमध्‍येका सबैभन्‍दा साना अधिकृतलाई पनि तपाईं कसरी पछि हटाउन सक्‍नुहुन्‍छ र— यद्यपि तपाईं रथहरू र घोड़चढ़ीहरूका निम्‍ति मिश्रदेशमाथि भरोसा गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं रथहरू र घोडचढीहरूका निम्ति इजिप्टमाथि भर परिरहनुभएको छ भने किन मेरा मालिकका अधिकृतहरूमध्ये सबैभन्दा सानोलाई अस्वीकार गर्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
तिमी मेरा मालिकका अधिकारीहरूमध्ये तल्लो स्तरका एक जना अधिकारीलाई परास्त गर्न सक्ने छैनौ। तिमी रथ र घोडाका सैनिकहरूका लागि मिश्रमाथि भर पर्छौ।