2 Kings 18:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब एल्‍याकीम, शेब्‍ना र योआले अधिकृतलाई भने, “हजुर, हामीसित आरमेइक भाषामा बोल्‍नुहोस्। हामी आरमेइक बुझ्‍छौं। हिब्रू भाषामा नबोल्‍नुहोस्। पर्खालमा भएका सबै मानिसहरूले हाम्रा कुरा सुन्‍दै छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हिल्‍कियाहका छोरा एल्‍याकीम, शेब्‍ना र योआले ती रणभूमिका सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्‍नुहोस्, किनभने त्‍यो भाषा हामी बुझ्‍छौं। पर्खालमा भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा नबोल्‍नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले मैदानका सेनापतिलाई भने, “कृपा गरी आफ्ना सेवकहरूसित अरामी भाषामा कुरा गर्नुहोस्। किनकि हामी यो भाषा बुझ्दछौँ। पर्खालमाथि भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा नबोलिदिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले सेनापतिलाई भने, “कृपया हामीसँग अरामी भाषामा कुरा गर। हामी त्यो भाषा बुझ्छौं। यहूदाको भाषामा हामीसँग कुरा नगर किनभने पर्खालमाथि उभिएका मानिसहरूले सुन्ने छन्।”