2 Kings 18:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले जवाफ दिए, “तिमीहरू यो सोच्‍दछौ कि राजाले मलाई यी कुरा राजा र तिमीहरूलाई मात्र भन्‍न पठाएका हुन्? अँहँ, होइन, पर्खालमा भएका मानिसहरूसँग पनि म यो कुरा भन्‍दै छु। तिनीहरूले पनि तिमीहरूले जस्‍तै आफ्‍नै मल खानू र आफ्‍नै मूत्र पिउनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सेनापतिले जवाफ दिए, “के तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्‍न मेरा मालिकले मलाई पठाउनुभएको हो र? के पर्खालमा बस्‍ने यी मानिसहरूलाई पनि होइन र? तिमीहरूले जस्‍तै तिनीहरूले आफ्‍नै मलमूत्र खानुपर्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सेनापतिले जवाफ दिए, “के मेरा मालिकले यी कुराहरू तिमीहरूका मालिक र तिमीहरूलाई मात्र भन्‍नु भनेर पठाउनुभएको हो, र पर्खालमाथि बस्‍ने मानिसहरूलाई होइन—जसले तिमीहरूले झैँ आफ्नै दिसा खानुपर्नेछ र पिसाब पिउनुपर्नेछ?”
Nepali ERV (पवित्र बाइबल)
तर सेनापतिले तिनीहरूलाई भने, “मेरो मालिकले मलाई तिमी र तिम्रा राजासँग बोल्न मात्र पठाउनुभएको छैन। म अरू मानिसहरूसँग पनि कुरा गर्नेछु जो पर्खालमा बसिरहेका छन्। तिनीहरूले तिनीहरूको मल-मूत्र तिमीहरूसँगै नै खाने अनि पिउने छन्।”