2 Kings 18:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तबसम्म तिमीहरूले आफ्नै बारीका अङ्गुर र नेभारा खान र आफ्नै कुवामा पानी पिउन पाउनेछौ। त्यहाँ दाखमद्य दिने दाखबारी र रोटी बनाउन अन्न हुनेछ। त्यो जैतुन, जैतुनका तेल र महले भरिएको देश हुनेछ। तिमीहरूले उनको आज्ञापालन गर्यौ भने तिमीहरू मर्नेछैनौ तर बाँच्नेछौ। परमप्रभुले तिमीहरूलाई रक्षा गर्नुहुन्छ भनी हिजकियाले तिमीहरूलाई धोका नदेओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबसम्म तिमीहरूलाई अनाज र नयाँ दाखमद्य, अन्न र दाखबारी, भद्राक्षका रूखहरू र मह भएको देश, तिमीहरूको आफ्नै देशजस्तो एउटा देशमा म आएर लानेछैनँ। मृत्युको सट्टा जीवन चुन! “हिजकियाको कुरा नसुन। ‘परमप्रभुले हामीहरूलाई बचाउनुहुनेछ’ भनी त्यसले त तिमीहरूलाई धोका दिँदैछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म तिमीहरूलाई अनाज र नयाँ दाखमद्य, अन्न र दाखबारी, जैतुनका रूखहरू र मह भएको देश, तिमीहरूको आफ्नै देशजस्तो देशमा म आएर लानेछैनँ, तबसम्म मृत्युको सट्टा जीवन चून! “हिजकियाको कुरा नसुन्नू; किनकि तिनले ‘याहवेहले छुटाउनुहुन्छ’ भनेर तिमीहरूलाई भ्रममा पारिरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू यस्तो तबसम्म गर्न सक्ने छौ जबसम्म म आएर तिमीहरू टाढा आफ्नो देशमा लिएर जान्न। यो ठाउँ अन्न र नयाँ दाखरस, गहुँ र अंङ्गुर र अंडीर महको देश हो। तब तिमीहरू बाँच्ने छौ, मर्दैनौ। तर हिजकियाहका कुरा नसुन। उनी तिमीहरूको मन बदली गर्न चाहन्छन्। उनी भन्दैछन्। ‘परमप्रभुले हामीलाई बचाउनु हुनेछ।’