2 Kings 18:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि एल्‍याकीम, शेब्‍ना र योआले शोकले आफ्‍ना वस्‍त्र च्‍याते र अश्‍शूरी अधिकृतले भनेका कुरा राजाकहाँ गएर सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजमहलका सञ्‍चालक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना र आसापका छोरा लेखापाल योआले आ-आफ्‍ना लुगा च्‍याते, र हिजकिया राजाकहाँ आएर रणभूमिका सेनापतिले भनेका कुरा सुनाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हिल्कियाहका छोरा एल्याकीम, जो महलका प्रशासक थिए, सचिव शेब्ना र आसापका छोरा, लेखापाल योआ, आफ्ना लुगा च्यातेर हिजकियाहकहाँ गए। अनि तिनलाई मैदानका सेनापतिले भनेका कुरा सुनाइदिए।
Nepali ERV (पवित्र बाइबल)
हिल्कियाहका छोरा एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) र आसापका छोरा योआ (अभिलेखापाल) हिजकियाहसमक्ष आए। तिनीहरूको लुगा च्यातिएको थियो र तिनीहरू दुःखी भएको बुझिन्थ्यो। तिनीहरूले हिजकियाहलाई सबै कुरा भने जो अश्शूरका सेनापतिले भनेका थिए।