2 Kings 18:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिजकिया परमप्रभु इस्राएलका परमेश्वरमा भरोसा राख्दथे। यहूदामा अर्को राजा उनीजस्ता उनको समयअघि वा पछि कहिल्यै भएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिजकियाले परमप्रभु इस्राएलका परमेश्वरमाथि भरोसा राखे। यहूदाका सबै राजाहरूमध्ये तिनका अघि हुने अथवा तिनीपछि आउने कुनै पनि तिनीजस्ता भएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिजकियाले याहवेह इस्राएलका परमेश्वरमाथि भरोसा राखे। यहूदाका राजाहरूमा तिनका अगि अथवा पछि तिनीजस्ता अरू कोही थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहले परमप्रभु इस्राएलका परमेश्वरमाथि विश्वास गर्दथे। यहूदाका राजाहरूमा उनी अघि अथवा पछि हिजकियाह जस्तो व्यक्ति कोही भएन।