2 Kings 18:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमप्रभु उनीसित हुनुहुन्‍थ्‍यो र आफूले हात लाएका सबै काममा उनी सफल हुन्‍थे। उनले अश्‍शूरका राजाको विरुद्धमा विद्रोह गरे र उनको अघि शिर निहुराउन इन्‍कार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभु तिनीसँग रहनुहुन्‍थ्‍यो। तिनले गरेका सबै काममा तिनी सफल भए। तिनी अश्‍शूरका राजाको विरुद्धमा बागी भए, र उनको सेवा गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिनीसित हुनुभयो। तिनले लिएका जुनसुकै काममा पनि तिनी सफल भए। तिनले अश्शूरको राजाको विरुद्ध विद्रोह गरे, र तिनको सेवा गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु हिजकियाहसँग हुनुहुन्थ्यो। हिजकियाह प्रत्येक काममा सफल भए जो उनले गरे। हिजकियाह अश्शूरका राजाबाट अलग भए। हिजकियाहले अश्शूरका राजाको सेवा गर्न बन्द गरे।