2 Kings 19:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिजकिया राजाले तिनीहरूका बयान सुन्नेबित्तिकै शोकले आफ्ना वस्त्र च्याते, भाङ्ग्रा लाए र परमप्रभुको मन्दिरमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब हिजकिया राजाले यो सुने, तब तिनले आफ्ना लुगा च्याते, र भाङ्ग्रा लाएर परमप्रभुको मन्दिरभित्र पसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हिजकिया राजाले यो कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते र भाङ्ग्रा लगाएर याहवेहको मन्दिरभित्र गए।
Nepali ERV (पवित्र बाइबल)
राजा हिजकियाहले ती कुराहरू सुने अनि आफू दुःखी र चिन्तित देखाउनका लागि उनले आफ्नो लुगा च्याते। त्यसपछि तिनी परमप्रभुको मन्दिरभित्र पसे।