2 Kings 19:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चिठी ल्‍याउनेहरूका हातबाट चिठी लिई हिजकिया राजाले पढे। त्‍यसपछि उनी मन्‍दिरमा गए र त्‍यहाँ परमप्रभुको अघि चिठी राखे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिजकियाले यो चिट्ठी समाचारवाहकहरूबाट लिए, र पढ़े। तब तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए, र परमप्रभुको सामुन्‍ने त्‍यो खोलेर राखिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिजकियाले ती दूतहरूबाट पत्र पाए, र त्यसलाई पढे। तब तिनी याहवेहको मन्दिर गए र पत्रलाई याहवेहको सामु खोलेर राखिदिए।
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहले राजदूतहरूबाट पत्र लिए अनि तिनीहरूलाई पढे। तब हिजकियाह माथि परमप्रभुको मन्दिरमा गए अनि तिनले परमप्रभुको सामु पत्रहरू फिंजाए।