2 Kings 19:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र यसरी प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, स्वर्गदूतहरूभन्दा माथि आफ्ना सिंहासनमा विराजमान हुनुहुने तपाईं मात्र परमेश्वर हुनुहुन्छ! र संसारका सबै राज्यहरूमाथि शासन गर्नुहुन्छ। तपाईंले स्वर्ग र पृथ्वी सृजनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र हिजकियाले परमप्रभुमा यो प्रार्थना चढ़ाए: “हे परमप्रभु, इस्राएलका परमेश्वर, जो करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुन्छ, पृथ्वीका सारा राज्यहरूमा तपाईं मात्र परमेश्वर हुनुहुन्छ। तपाईंले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हिजकियाले याहवेहसित प्रार्थना गरे: “हे याहवेह, इस्राएलका परमेश्वर, करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुने तपाईं मात्र संसारका सबै राज्यहरूमाथि परमेश्वर हुनुहुन्छ। तपाईंले नै स्वर्ग र पृथ्वी बनाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहले परमेश्वरको सामुन्ने प्रार्थना गरे अनि भने, “परमप्रभु इस्राएलका परमेश्वर,त्यो परमेश्वर जो करूब स्वर्गदूतमाझ राजा जस्तो बस्नुभएको छ। तपाई परमेश्वर हुनुहुन्छ तपाई मात्रै धर्तीका सबै राज्यहरूका परमेश्वर हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू र पृथ्वी बनाउनु भयो।