2 Kings 19:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, अब हामीमाथि के भइरहेको छ, सो हेर्नुहोस्। तपाईं जीवित परमेश्वरको अपमान गरेर सनहेरीबले के कुराहरू भन्दै छन्, ती सुन्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, आफ्ना कान खोलेर सुन्नुहोस्! हे परमप्रभु, आफ्ना आँखा खोलेर हेर्नुहोस्। जीवित परमेश्वरलाई ठट्टा गर्न सनहेरीबले पठाएका कुराहरू सुन्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, आफ्नो कान थापेर सुन्नुहोस्। हे याहवेह, आफ्ना आँखा खोलेर हेर्नुहोस्; सनहेरीबले जीवित परमेश्वरको अपमान गर्न पठाएका कुराहरू सुन्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, कृपया मेरो कुरा सुनिदिनु होस्। परमप्रभु, मेरो आँखा खोलि दिनु होस् अनि यो पत्र हेर्नु होस् र शब्दहरू सन्नुहोस जो सनहेरीबले जीवित परमेश्वरको अपमान गर्नका लागि पठाएका छन्।