2 Kings 19:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले राजमहलका अधिकारी एल्याकीम, दरबारका सचिव शेब्ना र मुख्य पूजाहारीहरूलाई आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए। तिनीहरूले पनि भाङ्ग्रा लाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले राजमहलका सञ्चालक एल्याकीम, सचिव शेब्ना र मुख्य-मुख्य पूजाहारीहरूलाई सबैले भाङ्ग्रा लाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले राजमहलका प्रशासक एल्याकीम, सचिव शेब्ना र प्रमुख पुजारीहरूलाई भाङ्ग्रा लगाएर आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए।
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहले एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) अनि पूजाहारीहरूमध्ये बुढा पाकालाई आमोसका छोरालाई अगमवक्ता यशैयाहकहाँ पठाए। तिनीले फाटेको लुगा लगाए जसले तिनीहरू दुःखी र उदास भएको देखाँउथ्यो।