2 Kings 19:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले आफ्ना रथहरूले लेबनानका सबैभन्दा अग्ला पर्वतहरू विजय गरिस् भनी मेरा अघि धाक लाउन तेरा मानिसहरूलाई पठाइस्। तैँले सबैभन्दा अग्ला देवदारुका सबैभन्दा असल सल्लाका रूखहरू ढालिस् र जङ्गलका भित्रभित्रसम्म पुगिस् भनेर धाक लगाइस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना समाचारवाहकहरूद्वारा तैंले परमप्रभुमाथि अनादर थुपारिस्, र तैंले भनिस्, “मेरा धेरै रथहरूसित म पहाड़का टाकुराहरूमा चढ़ेको छु, लेबनानका सबैभन्दा उच्च टाकुराहरूमा। मैले त्यसका सबैभन्दा अल्गा देवदारुका रूखहरू, त्यसका सबैभन्दा असल सल्लाका रूखहरू ढालें। म त्यसको पल्लो कुनामा, त्यसका सबैभन्दा सुन्दर वनहरूमा पुगें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना दूतहरूद्वारा तैँले प्रभुको निन्दा गरेको छस्। अनि तैँले भनेको छस्, “म आफ्ना धेरै रथहरूसित, पहाडहरूका शिखरहरूमा उक्लेको छु, अँ, लेबनानको सर्वोच्च शिखरहरूमा। मैले त्यसका सबैभन्दा अग्ला देवदारुका रूखहरू, त्यसका सर्वोत्तम सल्लाका रूखहरू काटेर ढालेको छु। म त्यसका अति दुर्गम ठाउँहरूमा पुगेको छु, त्यसका सर्वोत्तम वनहरूमा।
Nepali ERV (पवित्र बाइबल)
तिमीले आफ्ना राजदूतहरू पठायौ परमप्रभुको अपमान गर्न तिमीले भन्यौ, “म सँगै धेरै मेरा रथहरू लिई अग्ला पहाडमा आएँ। म लबानोनको भित्रसम्म आएँ। मैले लबानोनका अग्ला देवदार रूखहरू असल सल्लाका रूखहरू ढाल। म लबानोनको अग्लो भागमाथि गएँ लहलहाउँदो बनमा पसें।