2 Kings 19:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“धेरै दिनअघि मैले नै त्यसो गर्ने उपाय रचेको थिएँ भनेर कहिल्यै सुनेको थिइनस्? र मैले नै त्यो पूरा गरें। सुरक्षित सहरहरूलाई चुर पारेर राश लाउने शक्ति मैले तँलाई दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘के तिमीहरूले सुनेका छैनौ र? उहिले नै मैले त्यो ठहराएँ। तादिका दिनमा नै मैले त्यो युक्ति रचें। अब मैले यो पूरा गरेको छु, कि तैंले किल्ला भएका सहरहरूलाई ढुङ्गाहरूका थुप्रा तुल्याएको छस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘के तैँले सुनेको छैनस्? धेरै पहिले नै मैले यो नियुक्त गरेको थिएँ। प्राचीन कालमा नै मैले यो योजना बनाएको थिएँ; अब मैले यसलाई हुन दिएँ, र तैँले सुरक्षित सहरहरूलाई ढुङ्गाका थुप्रोमा परिणत गरेको छस्।
Nepali ERV (पवित्र बाइबल)
त्यो तिमीलाई भनेकै हो तर के तिमीले सुनेनौ परमेश्वरले के भन्नुभयो? “मैले धेरै अघि यो योजना गरें प्राचीनकाल देखि नै मैले यो योजना गरे। अनि अब, मैले यो हुन दिएको छु। मैले तिमीलाई सुदृढ शहरहरू भत्काउन दिएँ अनि तिनीहरूलाई चट्टानको थुप्रो बनाएँ।