2 Kings 19:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर तेरो बारेमा सबै कुरा, तँ के गर्दछस् र कहाँ जान्छस्, म जान्दछु। तेरो ममाथि कस्तो रिस छ, त्यो पनि म जान्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तर तँ कहाँ बस्छस् म जान्दछु। तँ बाहिर गएको र भित्र आएको मलाई थाहा छ। मेरो विरुद्धमा तेरो रीसको झोँक म जान्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तर तँ कहाँ बस्छस्, अनि तँ कहिले आउँछस् र जान्छस्, अनि तँ कसरी मेरो विरुद्धमा रिसाउँछस्, त्यो म जान्दछु।
Nepali ERV (पवित्र बाइबल)
म जान्दछु तिमी कहिले बस्छौ म जान्दछु तिमी कहिले लडाइँ गर्न जान्छौ अनि कहिले तिमी घर फर्किन्छौ। अनि म जान्दछु कहिले तिमी ममाथि रिसाएको हुन्छौ।