2 Kings 19:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा ती रिस र घमण्डबारे मैले खबर पाएको छु। तेरा नाकमा बल्छी र मुखमा लगाम लाएर जुन बाटोबाट तँ आइस्, त्यही बाटोबाट म तँलाई फर्काई लानेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले मेरो विरुद्धमा झोँक देखाएकोले, र तेरो अहङ्कार मेरो कानमा पुगेको कारणले, म तेरो नाकमा बल्छी र तेरो मुखमा लगाम लगाइदिनेछु, र तँ आएकै बाटो भएर म तँलाई फर्कन लाउनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ मेरो विरुद्धमा रिसाएकोले र तेरो क्रोध मेरो कानसम्म आइपुगेको कारणले, म आफ्नो अङ्कुसे तेरो नाकमा र आफ्नो लगाम तेरो मुखमा लगाउनेछु; अनि म तँलाई तँ आएकै बाटो भएर तँलाई फर्केर जान लाउनेछु।’
Nepali ERV (पवित्र बाइबल)
पक्कै तिमी म संग रिसाएका थियौ। मैले तिम्रा अभिमानी अपमानका कुराहरू सुने। यसर्थ म तिम्रो नाकमा बल्छी ठोक्छु र म तिम्रो मुखमा मेरो लगाम लगाउँछु। तब म तिमीलाई चारैतिर घुमाउनेछु र तिमी आएकै बाटो भएर तिमीलाई लैजानेछु।”