2 Kings 19:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे राजा हिजकिया! अब के हुनेछ, त्‍यसको चिन्‍ह यस्‍तो हुनेछ। यो वर्ष र आउँदो वर्ष तिमीहरूले खानलाई जङ्गली अन्‍न मात्र पाउनेछौ तर त्‍यसको पछिल्‍लो वर्ष तिमीहरू अन्‍न रोप्‍न, कटनी गर्न र दाखबारी लाएर अङ्‌गुर खान सक्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ए हिजकिया, तेरो निम्‍ति चिन्‍हचाहिँ यो हुनेछ: यो साल तिमीहरूले आफै उम्रेका अन्‍न खानेछौ। दोस्रो साल त्‍यसैबाट उम्रेका खानेछौ। तर तेस्रो सालचाहिँ तिमीहरू छर र कटनी गर, दाखबारी लगाओ र त्‍यसको फल खाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे हिजकिया, तेरा निम्ति यो चिन्ह हुनेछ: “यो वर्ष तैँले आफैँ उम्रेको कुरा खानेछस्, र दोस्रो वर्ष, त्यसैबाट उम्रेको कुरा खानेछस्। तर तेस्रो वर्षमा छर, र कटनी गर, दाखबारी लगा र त्यसको फल खा।
Nepali ERV (पवित्र बाइबल)
“यो नै चिन्ह हुनेछ, जसले साबित गर्छ म तिमीलाई सहायता गर्नेछु। यस वर्ष तिमी यस्तो अन्न खाने छौ जुन आफै उम्रिनेछ। अर्को वर्ष, तिमी यस्तो अन्न खानेछौ जुन बीउबाट प्राकृतिक रूपमा बाहिर निस्केको हुनेछ। तर तेस्रो वर्षमा तिमीले आफैले रोपेको बीउबाट फलेको अन्न चलाउनेछौ। तिमीले दाखको बारी लगाउने छौ र त्यसबाट दाख खानेछौ।