2 Kings 19:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिनीहरूलाई यो खबर यशैयालाई दिन पठाए, “आज हाम्रो निम्‍ति कष्‍टको दिन रहेछ। आज हामीले दण्‍ड भोग्दै छौं र हाम्रो अपमान भएको छ। हामी एउटी त्‍यस्‍ती आइमाईजस्‍ती भएका छौं, जो बच्‍चा जन्‍माउन तयार छे; तर दुर्बलताले गर्दा जन्‍माउन सक्‍दिन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्‍नुहुन्‍छ: जसरी बच्‍चा जन्‍मनै लाग्‍दा त्‍यसलाई जन्‍माउन बल हुँदैन, आजको दिन कष्‍ट, निन्‍दा र तिरस्‍कारको दिन भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्‍नुहुन्छ: आजको दिन छोराछोरी जन्मनै लाग्दा आमालाई जन्माउन बल नभएकोझैँ कष्‍ट, निन्दा र तिरस्कारको दिन भएको छ।
Nepali ERV (पवित्र बाइबल)
राजाबाट तिनीहरू यो समाचार लगेर गए, “आजको दिन हाम्रा निम्ति कष्टको दिन छ, ‘तिरस्कार र निन्दा को दिन! बालक जन्माउँदा बल नभएकी स्त्री झैं हामी भएका छौं।