2 Kings 19:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अश्‍शूरी राजाबारे परमप्रभुले यसो भन्‍नुभएको छ, ‘त्‍यो यस सहरभित्र पस्‍नेछैन र यसलाई एउटा काँडले पनि हान्‍नेछैन। ढाल बोकेको कुनै सिपाही सहरछेउ आउनेछैन र त्‍यसका चारैपट्टि घेराको ढिस्‍का बनिन पाउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण अश्‍शूरका राजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: “त्‍यो यस सहरभित्र पस्‍नेछैन, अथवा त्‍यसले एउटा काँड़ पनि यहाँ हान्‍नेछैन। त्‍यो ढाल लिएर यसको अगि आउनेछैन, अथवा यसको विरुद्धमा घेरा-मचान लाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण अश्शूरको राजाको विषयमा याहवेह यसो भन्‍नुहुन्छ: “ ‘त्यसले यस सहरमा प्रवेश गर्नेछैन, न त यहाँ एउटा काँड नै हान्‍नेछ। त्यो यसको सामु ढालसित आउनेछैन, न त यसलाई घेराबन्दी लगाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण परमप्रभु अश्शूरका राजाको बारेमा यस्तो भन्नुहुन्छः उ यस शहरमा आउने छैन। उ यस शहरमा एउटा पनि तीर चलाउँनेछैन। उ यस शहरमा आफ्नो ढाल ल्याउने छैन। उ फोहोर माटो को थुप्रो बनाउने छैन यस शहरका भिन्ताहरूमाथि आक्रमण गर्नेछैन।