2 Kings 19:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन आफ्‍नो देवता निस्रोकको मन्‍दिरमा पूजा गर्दैगर्दा उनको दुई भाइ छोराहरू अद्रम्‍मलेक र शरेसेरले आफ्‍ना तरवारले तिनको हत्‍या गरे र भागेर आरारात देशमा गए। त्‍यसपछि उनका अर्का छोरा एसरहदोन राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक दिन जब उनी आफ्‍नो देवता निस्रोकको मन्‍दिरमा पूजा गरिरहेका थिए, तब उनका छोराहरू अद्रम्‍मलेक र शरेसेरले उनलाई तरवारले मारे, र उनीहरू आरारात देशमा भागेर गए। उनीपछि उनका छोरा एसरहदोन राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन तिनी आफ्ना देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेको बेला तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे; र तिनीहरू अरारातको देशमा भागे। तिनका छोरा एसरहदोन तिनीपछि राजा भए।
Nepali ERV (पवित्र बाइबल)
एकदिन सनहेरीब निसोकका मन्दिरमा आफ्नो देवताको पूजा गरिरहेका थिए। उसका छोराहरू अद्रमेलेक र शरेसेरले उनलाई तरवारले काटेर मारे। त्यसपछि अद्रमेलेक र शरेसेर भागेर अरारात प्रदेशमा गए। अनि सनहेरीबका छोरा एसरहद्‌दोन उनीपछि नयाँ राजा भए।