2 Kings 19:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्शूरी राजाले जीवित परमेश्वरको अपमान गर्न आफ्नो मुख्य अधिकृतलाई पठाएका छन्। परमप्रभु तिम्रा परमेश्वरले यी अपमानका कुरा सुनून् र ती बोल्नेलाई दण्ड देऊन्। यसकारण हाम्रा जति मानिसहरू बाँचेका छन्, तिनीहरूका निम्ति परमेश्वरसँग प्रार्थना गरिदेऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शायद परमप्रभु तपाईंका परमेश्वरले ती रणभूमिका सेनापतिका सबै कुरा सुन्नुहुनेछ होला, जसलाई उनका मालिक अश्शूरका राजाले जीवित परमेश्वरलाई गिल्ला गर्न पठाएका थिए, र परमप्रभु तपाईंका परमेश्वरले सुन्नुभएको कुराको कारण उहाँले उनलाई हप्काउनुहोला। यसकारण अझै बाँचेकाहरूका निम्ति प्रार्थना चढ़ाइदिनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सायद याहवेह तपाईंका परमेश्वरले मैदानका सेनापतिले भनेका सबै कुरा सुन्नुभएको छ होला, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्वरलाई ठट्टा गर्न पठाएका छन्। याहवेह तपाईंका परमेश्वरले सुन्नुभएका कुराहरूका निम्ति तिनलाई हपार्नुहुनेछ। यसकारण बाँचेकाहरूका निम्ति प्रार्थना गरिदिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
सेनापतिका मालिक अश्शूरा राजाले उनलाई जिवित परमप्रभुको विषयमा नराम्रा कुराहरू भन्न पठाएका छन्। हुन सक्छ, परमेश्वरले ती सबै कुराहरू सुन्नु हुन्छ। परमप्रभुले शत्रुलाई सजाय दिनुहुनेछ यसकारण ती मानिसहरूका लागि प्रार्थना गरि दिनुहोस् जो अझै जिउँदै रहेका छन्।”‘