2 Kings 19:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा लाकीशबाट बिदा भई छेउको लिब्‍ना सहरको विरुद्धमा लडाइँ गर्दै छन् भनी सुनेर अश्‍शूरी मुख्‍य अधिकृत उनीसित सल्‍लाह गर्न त्‍यहाँ गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रणभूमिका सेनापतिले यो सुने कि अश्‍शूरका राजाले लाकीश छोड़े, तब उनी फर्के, र राजाले लिब्‍नाको विरुद्धमा लड़ाइँ गरिरहेका उनले भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस मैदानका सेनापतिले अश्शूरका राजा लाकीशबाट गएका कुरा सुने। तब तिनी फर्केर गए, र राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए।
Nepali ERV (पवित्र बाइबल)
सेनापतिले सुने अश्शूरका राजा लाकीशबाट हिंडे। यसकारण सेनापतिले आफ्ना राजालाई लिब्नाको विरूद्धमा लडाइँ गर्दै गरेको पाए।