2 Kings 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीले गाह्रो कुरा माग्‍यौ; तर म तिमीबाट उठाई लगिँदा तिमीले मलाई देख्‍यौ भने त्‍यो पाउनेछौ तर मलाई देखेनौ भने पाउनेछैनौ,” एलियाले जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलियाले भने, “तिमीले त गाह्रो कुरा पो माग्‍यौ। तापनि तिमीले मलाई तिमीबाट उठाइलगेको देख्‍यौ भने त्‍यो तिम्रो हुनेछ— होइन भने, पाउनेछैनौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलियाले भने, “तिमीले त अप्ठ्यारो कुरा माग्यौ। तरै पनि यदि तिमीले मलाई तिमीबाट लगिएको देख्यौ भने तिम्रा इच्छा पूरा हुनेछ; नत्रता हुनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
एलियाले भने, “तिमीले अप्ठ्यारो वस्तु माग्यौ। जब तिमीबाट मलाई लिएर जाँदा यदि तिमीले देख्यौ भने तब यस्तै हुन्छ। तर तिमीले देखेनौ भने त्यस्तो हुँदैन।”