2 Kings 2:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू कुरा गर्दै-हिंड्दै थिए। अचानक आगोको घोडाले तानेका आगोकै रथ ती दुईका बीचमा झर्यो र हावाको भूमरीले एलियालाई स्वर्गमा उठाइलग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू कुरा गर्दै अगि हिँड़िरहेका थिए, तब एक्कासि एउटा अग्निमय रथ र घोड़ाहरू देखा परे, र दुईलाई एक-अर्काबाट अलग गरे, र एलिया भुमरीमा माथि स्वर्गतिर लगिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू एकसाथ कुरा गर्दै हिँडिरहेको बेला अचानक अग्निमय रथ र अग्निमय घोडाहरू देखा परे, र ती दुईलाई अलग पारे। अनि एलिया भुमरीमा भई माथि स्वर्गतिर लगिए।
Nepali ERV (पवित्र बाइबल)
एलिया र एलीशा हिंडिरहेका थिए अनि कुरा गरिरहेका थिए। अचानक केही घोडाहरू र एउटा रथ आयो अनि एलीशाबाट एलियालाई छुट्यायो। घोडा र रथ आगो समान थिए। तब एलियालाई हावाबतासमा स्वर्गमा लगियो।