2 Kings 2:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशाले त्‍यो देखे र चिच्‍च्‍याएर एलियालाई भने, “मेरा बुबा, मेरा बुबा! तपाईं इस्राएलका शक्तिशाली योद्धा! तपाईं जानुभयो।” त्‍यसपछि तिनले फेरि एलियालाई देखेनन्। विलाप गर्दै एलीशाले आफ्‍नो वस्‍त्र दुई भाग गरेर च्‍याते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीशाले यो देखे र कराएर भने, “हे मेरा पिता! हे मेरा पिता! इस्राएलका रथहरू र घोड़चढ़ीहरू!” अनि एलीशाले एलियालाई फेरि देखेनन्‌। त्‍यसपछि तिनले आफ्‍नो लुगा समातेर दुई भागमा च्‍याते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीशाले यो देखे, र कराएर भने, “हे मेरा पिता! हे मेरा पिता! इस्राएलका रथहरू र घोडचढीहरू!” त्यसपछि एलीशाले तिनलाई फेरि कहिल्यै देखेनन्। तब तिनले आफ्नो वस्त्र समाते, र त्यसलाई दुई भाग गरेर च्याते।
Nepali ERV (पवित्र बाइबल)
एलीशाले यसलाई देखे अनि चिच्याए, “मेरा पिता! मेरा पिता! इस्राएलको रथ अनि उहाँका घोडसैनिकहरू।” एलीशाले एलियालाई फेरि कहिले देखेनन्। एलीशाले आफ्नो लुगालाई पक्रिए अनि आफ्नो शोक देखाउन च्याते।