2 Kings 2:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरीहोबाट आएका पचास जना अगमवक्ताहरूले उनलाई देखेर भने, “एलियाको आत्मा एलीशामा उत्रेको छ।” तिनीहरू उनलाई भेट्न गए र उनको अघि घोप्टो परी भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो दृश्य हेरिरहने यरीहोबाट आएका अगमवक्ताहरूको दलले भन्यो, “एलियाको आत्मा एलीशामाथि परेछ।” तब उनीहरू तिनलाई भेट्न आए, र तिनको अगि भूँइसम्मै घोप्टो परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो दृष्य हेरिरहेका यरीहोका अगमवक्ताहरूका दलले भने, “एलियाको आत्मा एलिशामाथि आएछ।” अनि तिनीहरू एलीशालाई भेट्न गए, र तिनको सामु भुइँसम्म निहुरेर अभिवादन गरे।
Nepali ERV (पवित्र बाइबल)
जब यरीहोका अगमवक्ताहरूको दलले एलीशालाई देखे, तिनीहरूले भने, “एलियाको आत्मा अहिले एलीशामा छ।” तिनीहरू एलीशालाई हेर्न आए। तिनीहरू एलीशा अघि भुईंमा निहुरिए।