2 Kings 2:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले जिद्दी गरिरहे र उनले तिनीहरूलाई छोडिदिए र तिनीहरू गए। ती पचास जना गएर तीन दिनसम्म एलियालाई उँभो-उँधो सबैतिर खोजे; तर उनलाई भेटेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उनीहरूले तिनलाई लज्जित पारुञ्जेल जिद्दी गरी नै रहे। यसकारण तिनले भने, “तिनीहरूलाई पठाओ।” अनि उनीहरूले पचास जना मानिसहरूलाई पठाए। तिनीहरूले तीन दिनसम्म खोजे, तापनि एलियालाई फेला पार्न सकेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले लज्जित होउन्जेल ढिपी गरिरहे। यसकारण तिनले भने, “तिनीहरूलाई पठाओ।” अनि तिनीहरूले पचास जना मानिसलाई पठाए, जसले तीन दिनसम्म खोजे; तर एलियालाई भेट्टाउन सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ताहरूको दलले एलीशालाई तिनी अलमल्ल पारूञ्जेलसम्म बिन्ती गरिरहे। तब एलीशाले भने, “ठीक छ, एलियालाई खोज्न मानिसहरू पठाऊ।” अगमवक्ताहरूको दलले 50 जना मानिसहरूलाई एलियालाई खोज्न पठाए। तिनीहरूले तीन दिन खोजे तर तिनीहरूले एलियालाई भेटेनन्।