2 Kings 2:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशा बेथेल जानलाई यरीहोबाट बिदा भए। बाटोमा एउटा सहरबाट केही ठिटाहरू निस्किआएर उनको हाँसो उडाउन लागे। “यहाँबाट निस्किजाऊ, ए तालु खुइले!” तिनीहरूले कराउँदै भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँबाट एलीशा उक्लेर बेथलेहेममा गए। जब तिनी बाटोमा गइरहेका थिए, सहरबाट ससाना ठिटाहरू आएर तिनलाई यसो भन्दै जिस्क्याउन लागे, “ए मुडुले, माथि जाऊ। ए मुडुले, माथि जाऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँबाट एलीशा बेथेलमा गए। तिनी बाटोमा हिँडिरहेका बेला सहरबाट केही ठिटाहरू आएर तिनलाई गिल्ला गरे। तिनीहरूले तिनलाई भने, “ए मुडुले, यहाँबाट जा! ए मुडुले, यहाँबाट जा!”
Nepali ERV (पवित्र बाइबल)
एलीशा त्यस शहरबाट बेतेल गए। एलीशा शहरतिर पहाडमा उकालो चढिरहेका थिए अनि केही केटाहरू शहरबाट तल झरिरहेका थिए। तिनीहरूले एलीशाको हाँसो उडाउन शुरू गरे। तिनीहरूले उनलाई भने, “माथि चढ, तँ तालुखुइले मान्छे। माथि चढ तँ तालुखुईले मान्छे।”