2 Kings 2:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि एलियाले एलीशालाई भने, “तिमी यहीं बस, परमप्रभुले मलाई यरीहोमा जाने आज्ञा गर्नुभएको छ।” तर एलीशाले भने, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्‍दछु, म तपाईंलाई छोड्‍नेछैनँ।” अनि ती दुवै यरीहोसम्‍म गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलियाले तिनलाई भने, “एलीशा, तिमी यहीँ बस। परमप्रभुले मलाई यरीहोमा पठाउनुभएको छ।” अनि तिनले जवाफ दिए, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु, म तपाईंलाई छोड्‌नेछैनँ।” अनि तिनीहरू यरीहोमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एलियाले तिनलाई भने, “एलीशा, तिमी यहीँ बस; याहवेहले मलाई यरीहोमा जाने आज्ञा गर्नुभएको छ।” तर तिनले जवाफ दिए, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण तिनीहरू यरीहोमा गए।
Nepali ERV (पवित्र बाइबल)
एलियाले एलीशालाई भने, “कृपया यहीं पर्ख, किनभने परमप्रभुले मलाई यरीहोमा जानु भन्नुभएको छ।” एलीशाले उत्तर दिए, “म शपथ खाएर भन्छु किनभने परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदो छौ, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू यरीहोमा गए।