2 Kings 2:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलियाले एलीशालाई भने, “अब तिमी यहीं बस, परमप्रभुले मलाई यर्दन नदीसम्म जाने आज्ञा गर्नुभएको छ।” तर एलीशाले भने, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” अनि तिनीहरू अघि बढे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलियाले तिनलाई भने, “यहीँ बस। परमप्रभुले मलाई यर्दन नदीमा पठाउनुभएको छ।” अनि एलीशाले जवाफ दिए, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसैले ती दुवै अगि हिँड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एलियाले तिनलाई भने, “यहीँ बस; याहवेहले मलाई यर्दनमा जाने आज्ञा गर्नुभएको छ।” तब तिनले जवाफ दिए, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण ती दुवै अगि बढे।
Nepali ERV (पवित्र बाइबल)
एलियाले एलीशासँग भने, “कृपया यहीं पर्ख किनकि परमप्रभुले मलाई यर्दन तरेर जानु भन्नुभएको छ।” एलीशाले भने, “परमेश्वरको साक्षी दिएर म प्रतिज्ञा गर्छु, म तपाईंलाई छोड्ने छैन।” अनि दुइ व्यक्ति गए।