2 Kings 2:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पचास जना अगमवक्ताहरूले तिनीहरूलाई यर्दनसम्‍म पछ्याए। नदीको छेउमा एलिया र एलीशा अडिए र पचास जना अगमवक्ताहरू केही टाढा उभिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पचास जना अगमवक्ताहरूले तिनीहरूलाई पछ्याए, र यर्दन नदीको किनारमा एलिया र एलीशा अड़िएको ठाउँतिर हेर्दै निकै टाढ़ामा उभिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पचास जना अगमवक्ताहरूले तिनीहरूलाई पछ्याए, र यर्दन नदीको किनारमा एलिया र एलीशा उभिएको ठाउँतिर हेर्दै केही दूरीमा उभिए।
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ताहरूको दलका पचास जना मानिसहरूले तिनीहरूको अनुसरण गरे। एलिया र एलीशा यर्दन नदी मा उभिए। पचास जना मानिसहरू एलिया र एलीशादेखि टाढा उभिए।