2 Kings 2:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब एलियाले आफ्‍नो खास्‍टो फुकालेर पट्ट्याए र त्‍यसले पानीलाई हिर्काए। पानी दुई भाग भएर छुट्टियो र सुक्खा भूमिबाट भएर तिनी र एलीशा नदी पारी गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलियाले आफ्‍नो खास्‍टो उतारे, र त्‍यो बेहेरेर यर्दन नदीको पानीलाई त्‍यसले हिर्काए। पानी देब्रे र दाहिनेतिर दुई भाग भयो, र तिनीहरू सुक्‍खा जमिनमा हिँड़ेर पारि गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलियाले आफ्नो खास्टो निकालेर त्यसलाई बेह्रे, र पानीलाई त्यसले हिर्काए। तब पानी दाहिने र देब्रेतिर दुई भाग भयो। अनि ती दुई सुक्खा जमिनबाट हिँडेर पारि गए।
Nepali ERV (पवित्र बाइबल)
एलियाले आफ्नो खाष्टो खोले, त्यसलाई पट्‌याए र त्यसले पानीमा हिर्काए। पानी देब्रे र दाहिनेतिर दुइ भागमा बाँडियो। तब एलिया र एलीशाले सूख्खा भूइँमाथि हिंडेर नदी तरे।