2 Kings 20:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यही बेलातिर हिजकिया राजा बिरामी भए र झण्डै मरे। आमोजको छोरो यशैया अगमवक्ता उनलाई हेर्न गए र भने, “तैँले सबै कुराको बन्दोबस्त मिलाइराख् किनभने तँ बिसेक हुँदैनस् र तँ मर्नेछस्” भनी परमप्रभु तपाईंलाई भन्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दिनमा हिजकिया बिरामी भएर मर्नै लागेका थिए। आमोजका छोरा अगमवक्ता यशैया तिनीकहाँ आएर भने, “परमप्रभु यही भन्नुहुन्छ: तेरो घरलाई ठीकठाक पार्, किनभने तँ मर्नेछस्। तँ निको हुनेछैनस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे। आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्, किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।”
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा हिजकियाह बिरामी भए र मरणासनमा थिए। आमोसका छोरा अगमवक्ता यशैयाले हिजकियाहसँग भेट गरे। यशैयाहले हिजकियाहलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आवेश्यकहरू तयार गर किनभने तिमी मर्नेछौ। तिमी बाँच्ने छैनौ।”‘