2 Kings 20:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिजकियाले ती ल्याउने मानिसहरूलाई स्वागत गरे र तिनीहरूलाई आफ्ना धन-सम्पत्ति, सुन-चाँदी, मसला, सुगन्धित तेल र सबै सैनिक हतियारहरू देखाए। उनका महल वा राज्यका भण्डारमा भएका कुनै पनि कुरा हिजकियाले लुकाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिजकियाले समाचारवाहकहरूलाई स्वागत गरे र उनीहरूलाई आफ्ना भण्डारहरूमा भएका सबै थोकहरू— सुन, चाँदी, मसला, सुगन्धित तेल— आफ्ना हतियारहरू राख्ने घर र भण्डारमा भएका सारा थोक देखाइदिए। आफ्नो राजमहल र आफ्ना सबै राज्यमा हिजकियाले उनीहरूलाई नदेखाएको कुनै पनि थोक रहेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिजकियाले ती दूतहरूलाई स्वागत गरेर तिनीहरूलाई आफ्ना भण्डारमा भएका सबै चीजहरूः चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेल, आफ्ना हतियारहरू राख्ने घर र भण्डारमा भएका प्रत्येक चीज देखाइदिए। तिनको महलमा वा सम्पूर्ण राज्यमा भएका सबै थोक हिजकियाले तिनीहरूलाई देखाए।
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहले बाबेलबाट आएका मानिसहरूको स्वागत गरे र तिनीहरूलाई आफ्नो घरमा भएका सबै बहूमुल्य चीजहरू देखाए। उनले तिनीहरूलाई आफ्नो भन्डारमा भएको चाँदी, सुन, मसाला, बहूमुल्य सुगन्धित तेल, हतियारहरू र सबै थोक देखाइदिए। हिजकियाहको महल र सम्पूर्ण राज्यमा नदेखाएको कुनै पनि थोक रहेन।