2 Kings 20:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि यशैया अगमवक्ताले हिजकिया राजाकहाँ गएर सोधे, “यी मानिसहरू कताबाट आएका हुन् र तिनीहरूले तपाईंलाई के भने?” हिजकियाले उत्तर दिए, “तिनीहरू एउटा धेरै टाढाको देश बेबिलोनबाट आएका हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यशैया अगमवक्ताले हिजकिया राजाकहाँ आएर सोधे, “ती मानिसहरूले के भने, र उनीहरू कहाँबाट आएका रहेछन्‌?” हिजकियाले जवाफ दिए, “उनीहरू टाढ़ा देश बेबिलोनबाट आएका हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अगमवक्ता यशैया राजा हिजकियाकहाँ गएर सोधे, “ती मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाले जवाफ दिए, “एउटा टाढा देश बेबिलोनबाट आएका हुन्।”
Nepali ERV (पवित्र बाइबल)
तब अगमवक्ता यशैयाह राजा हिजकियाहसमक्ष आए अनि उनलाई सोधे, “यी मानिसहरूले के भने? यिनीहरू कहाँबाट आएका हुन?” हिजकियाहले भने, “तिनीहरू टाढाको देश बाबेलबाट आएका हुन।”