2 Kings 20:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कि एउटा यस्तो समय आउँदै छ, जब तपाईंका महलमा भएका र आजसम्म तपाईंका पिता-पुर्खाले भण्डारमा जम्मा गरेका हरचीज बेबिलोनियामा लगिनेछ। केही कुरा छोडिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समय निश्चय नै आउनेछ, जब तेरो घरमा भएका सबै थोक, र आजको दिनसम्म तेरा पिता-पुर्खाहरूले थुपारेका सबै कुरा बेबिलोनमा लगिनेछन्। एउटै कुरा पनि छोड़िनेछैन, परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो समय निश्चय आउनेछ, जब तेरो महलमा भएको प्रत्येक चीज र तेरा पितापुर्खाहरूले आजको दिनसम्म थुपारेका सबै कुराहरू बेबिलोनमा लगिनेछन्; केही पनि छोडिनेछैन, याहवेह भन्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
समय आउँदै छ जब तिम्रो महलका सबै चीजहरू र तिम्रा पिता-पुर्खाहरूले थुपारेका सबै चीजहरू बाबेलमा लगिनेछन्। केही पनि छोडिने छैन। परमप्रभु यस्तो भन्नुहुन्छ।