2 Kings 20:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[4-5] यशैयाले राजासित बिदा लिए तर राजमहलका माझमा भएको आँगन पार गर्नुअघि नै परमप्रभुले उनलाई फर्केर मेरा प्रजाका राजा हिजकियाकहाँ गई यसो भन् भनी आज्ञा गर्नुभयो, “म परमप्रभु तेरा पुर्खा दाऊदका परमेश्‍वरले तेरो बिन्‍ती सुनें र तेरा आँसु देखें। म तँलाई बिसेक गराउनेछु र तीन दिनमा तँ मन्‍दिरमा जानेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यशैया बीचको चोकबाट बाहिर जान अघि परमप्रभुको यो वचन तिनीकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यशैयाले बीचको चोक छोड्नअगि नै तिनीकहाँ याहवेहको वचन आयो,
Nepali ERV (पवित्र बाइबल)
यशैयाहले माझको आँगन नाघ्न अघि परमप्रभुको संन्देश सुने। परमप्रभुले भन्नुभयो,