2 Kings 20:5 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“फर्केर मेरो प्रजाको अगुवालाई भन्, ‘तेरो पुर्खा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मैले तेरो प्रार्थना सुनें र तेरो आँसु देखें। म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ परमप्रभुको मन्दिरमा जानेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“फर्किएर मेरा मानिसहरूका अगुवा हिजकियालाई भन्, ‘याहवेह, तेरा पुर्खा दावीदका परमेश्वर यसो भन्नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु र तेरो आँसु देखेको छु; म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ याहवेहको मन्दिरमा उक्लेर जानेछस्।
Nepali ERV (पवित्र बाइबल)
“फर्क अनि मेरा मानिसहरूका अगुवा हिजकियाहलाई भन। उनलाई भन, ‘परमप्रभु तिम्रा पुर्खा दाऊदका, परमेश्वर भन्नुहुन्छ मैले तिम्रो प्रार्थना सुनेको छु अनि मैले तिम्रो आँसू देखेको छु। यसर्थ म तिमीलाई निको पार्नेछु। तेस्रो दिन, तिमी परमप्रभुको मन्दिरमा जानेछौ।