2 Kings 20:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तँलाई अझै पन्‍ध्र वर्षको आयु दिनेछु। तँलाई र यरूशलेम सहरलाई म अश्‍शूरका राजाका हातबाट बचाउनेछु। मेरो आफ्‍नै इज्‍जत र मैले आफ्‍नो सेवक दाऊदसित गरेको प्रतिज्ञाको खातिर म यो सहरलाई बचाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तेरो आयु अरू पन्‍ध्र वर्ष बढ़ाइदिनेछु। अनि तँलाई र यस सहरलाई अश्‍शूरको राजाको हातबाट छुटाउनेछु। मेरो आफ्‍नै खातिर र मेरो दास दाऊदको खातिर म यस सहरको रक्षा गर्नेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेरो जीवनमा पन्ध्र वर्ष थपिदिनेछु। म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटाउनेछु। म यस सहरलाई आफ्नै खातिर र मेरो सेवक दावीदको खातिर रक्षा गर्नेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
अनि म तिम्रो जीवनमा 15 वर्ष आयु थप्नेछु। म तिमी र यस शहरलाई अश्शूरका राजाको शक्तिबाट रक्षा गर्नेछु। म यस शहरको रक्षा गर्नेछु। म यो सबै मेरै लागि गर्नेछु किनभने मेरो सेवक दाऊदलाई वचन दिएको थिएँ।”‘