2 Kings 20:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यशैयाले जवाफ दिए, “परमप्रभुले आफ्‍नो प्रतिज्ञा राख्‍नुहुनेछ भन्‍ने प्रमाण स्‍वरूप तपाईंलाई एउटा चिनो दिनुहुनेछ। अब त्‍यो सिँढीमा परेको छाया दश कदम अघि सरोस् कि दश कदम पछि? तपाईं कुन कुरा चाहनुहुन्‍छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यशैयाले जवाफ दिए, “तपाईंलाई परमप्रभुको चिन्‍ह यही हुनेछ, कि परमप्रभुले जे प्रतिज्ञा गर्नुभएको छ त्‍यो काम हुनेछ। घामको छाया दश कदम अगि सरोस्, कि दश कदम पछि सरोस्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यशैयाले जवाफ दिए, “याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, त्यसको चिन्ह तपाईंलाई यो हुनेछ: छाया दश कदम अगि बढोस्, वा दश कदम पछि सरोस्?”
Nepali ERV (पवित्र बाइबल)
यशैयाहले भने, “तिमी के चाहन्छौ? के छायाँ अगाडी दश पाइला अथवा पछाडी दश पाइला जाओस्? परमप्रभुबाट तिम्रो लागि संकेत यही हो जसले यो बताउँछ परमप्रभुले त्यो काम गर्नुहुनेछ जो उहाँले गर्छु भन्नुभएको थियो।”