2 Kings 21:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मनश्‍शे राजाले यी घिनलाग्‍दा कुराहरूले कनानीहरूले गरेको भन्दा धेरै खराब पाप गरेको छ र आफूले बनाएका मूर्तिहरूद्वारा यहूदाका मानिसहरूलाई पाप गर्न लाएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यहूदाका राजा मनश्‍शेले यी घिनलाग्‍दा कामहरू गरेको छ। त्‍यसले आफ्‍ना अघि-अघिका एमोरीहरूले भन्‍दा ज्‍यादा घिनलाग्‍दा कामहरू गरेको छ, र आफ्‍ना मूर्तिहरूबाट यहूदालाई पाप गर्न लाएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यहूदाका राजा मनश्शेले यस्ता घिनलाग्दा पाप गरेको छ। उसले आफूभन्दा अगिका एमोरीहरूलेभन्दा बढी दुष्‍टता गरेर आफ्ना मूर्तिहरूद्वारा यहूदालाई पापमा डोर्‍याएको छ।
Nepali ERV (पवित्र बाइबल)
“यहूदाका राजा मनश्शेले उनी अघिका एमोरीहरूले भन्दा बढी घृणित र दुष्कर्म गरे। मनश्शेले देवी देवताका मूर्तिहरूले गर्दा यहूदालाई पनि पाप गर्न लगाए।