2 Kings 21:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म परमप्रभु इस्राएलका परमेश्वरले यस्तो विपत्ति यरूशलेम र यहूदामाथि ल्याउनेछु कि त्यसको बारेमा सुन्ने हरेक व्यक्तिको कानमा गुञ्जिरहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म यरूशलेम र यहूदामाथि यस्तो सर्वनाश ल्याउनेछु, कि सुन्ने हरेकका कानमा त्यसको गुञ्जन हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म यरूशलेम र यहूदामाथि यस्तो विपत्ति ल्याउनेछु, कि यसको बारेमा सुन्ने हरेकका कान झन्झनाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ इस्राएलका परमप्रभु भन्नुहुन्छ सुन, ‘म यरूशलेम र यहूदामा धेरै संकट ल्याउनेछु जसले यस विषयमा सुन्नेहरू छक्क पर्नेछ।