2 Kings 21:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नमरी बाँच्नेहरूलाई म त्याग्नेछु र उनीहरूका शत्रुहरूका हातमा दिनेछु। शत्रुहरूले उनीहरूमाथि विजय गर्नेछन् र उनीहरूको देश लुट्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो उत्तराधिकारमा बाँकी रहेको भागलाई म त्यागिदिनेछु, र तिनीहरूलाई आफ्नै शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरूका सबै वैरीहरूद्वारा तिनीहरू लुटिनेछन् र जबरदस्तसाथ खोसिनेछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नै अधिकारको बाँकी रहेको भागलाई त्यागिदिनेछु, र तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरू आफ्ना सबै शत्रुहरूद्वारा लुटिनेछन् र लुटका सामानसरह हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर म मेरो बाँकी मनिसहरूलाई छोडनेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुले पराजित गर्यानेछु। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्। तिनीहरू सैनिकहरूले युद्धको बेलामा पाउने बहुमूल्य चीजहरू जस्तै हुनेछन्।