2 Kings 21:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले आफ्‍ना बुबा हिजकियाले नाश पारेका मूर्तिपूजकहरूका पूजा-स्‍थलहरू फेरि बनाइदिए। इस्राएलका राजा आहाबले झैँ उनले बाल-देवताको पूजा गर्ने वेदीहरू, अशेरा देवीको एउटा मूर्ति बनाए। मनश्‍शेले पनि ताराहरूको पूजा गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका पिता हिजकियाले सर्वनाश गरेका अल्‍गा-अल्‍गा ठाउँहरू तिनले फेरि निर्माण गरे। इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालको निम्‍ति वेदीहरू खड़ा गरे, र अशेराको एउटा खम्‍बा पनि बनाए। तिनले आकाशका सारा तारामण्‍डललाई घोप्‍टो परेर दण्‍डवत्‌ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना पिता हिजकियाले भत्काएका देवस्थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताका निम्ति वेदीहरू पनि बनाए। इस्राएलका राजा आहाबले झैँ अशेरा देवीको खाँबो बनाए। तिनी सारा तारामण्डलको अगि निहुरे, र तिनीहरूलाई पुजे।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेले अग्लाठाउँहरू फेरि बनाए जसलाई उनका पिताले भत्काएका थिए। मनश्शेले बालका लागि वेदीहरू पनि बनाए अनि अशेरा खाँबो निर्माण गरे जसरी इस्राएलका राजाले गरेका थिए। मनश्शेले आकाशका ताराहरूको पूजा गरे अनि सेवा गरे।