2 Kings 22:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मलाई अस्‍वीकार गरे र अरू देवी-देवताहरूलाई बलि चढाए। यसरी तिनीहरूले आफ्‍ना कामले मेरो क्रोध जगाएका छन्। यरूशलेममाथि मेरो क्रोध उठेको छ र मेरो क्रोध मर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मलाई त्‍यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र आफ्‍नै हातले बनाएका सबै मूर्तिहरूद्वारा मलाई रीस उठाएका छन्‌। यसैकारण यस स्‍थानको विरुद्धमा मेरो रीस उठेको छ, र त्‍यो शान्‍त हुनेछैन’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूकहाँ धूप बालेका छन्। तिनीहरूका हातले बनाएका मूर्तिहरूद्वारा मलाई रिस उठाएको कारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्किनेछ, र त्यो थामिनेछैन।’
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरूले मलाई छोडे अनि अरू देवताहरूका लागि धूपबलि बाले। तिनीहरूले मलाई रीस उठाए। तिनीहरूले धेरै देवमूर्तिहरू बनाए। त्यसै कारणले गर्दा म यस ठाउँको विरोधमा आफ्नो रीस देखाउनेछु। मेरो रीस आगो जस्तो हुनेछ जसलाई थाम्न सकिने छैन।’