2 Kings 22:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योशियाहको पालोमा असल्‍याहको छोरो अनि मशुल्‍लामको नाति शापान राजदरबारका सचिव थिए। उनलाई राजाले आफ्‍नो राज्‍यकालको अठारौँ वर्षमा यो आज्ञा दिई मन्‍दिरमा पठाए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो शासनकालको अठारौँ वर्षमा योशियाह राजाले मशुल्‍लामका नाति, असल्‍याहका छोरा सचिव शापानलाई परमप्रभुको मन्‍दिरमा पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो शासनकालको अठारौँ वर्षमा राजा योशियाहले मशुल्‍लामका नाति असल्याहका छोरा सचिव शापानलाई याहवेहको मन्दिरमा पठाए। तिनले भने,
Nepali ERV (पवित्र बाइबल)
योशियाह राजा भएको अठारह्रौं वर्षमा, उनले मशुल्लामका छोरा जाति असल्याहको छोरा, शापानलाई सचिव बनाएर र उनलाई परमप्रभुको मन्दिरमा पठाए। योशियाहले भने,